प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटीको दाबेदारी लक्षण
kendrabindu.com · Wed Sep 16 04:19:13 GMT 2026
लन्डन । भर्खर चारै खेल मात्र भएको छ। अहिले नै यस्तै हो भनेर दाबी गर्न सकिन्न। तर इंग्लिस प्रिमियर लिगले देखाएको सुरुआती लक्षण हो, सम्भवतः उपाधि होड दुई टिममै मात्र केन्द्रित हुनेछ। ती आर्सनल र म्यानचेस्टर सिटी नै हुन्। यी दुई टिम अरूको तुलनामा एक पाइला अगाडि देखिएको छ । संयोगले पछिल्ला चार सिजनमध्ये तीनमा यिनै दुई टिम शीर्ष दुईमा रहेका थिए।
म्यानचेस्टर युनाइटेडसँगै चेल्सी, लिभरपुल र टोटनहममा नयाँ प्रशिक्षक छन्। त्यसैले उनीहरूलाई केही गाह्रो हुन सक्छ। डिफेन्डिङ च्याम्पियन आर्सनल र सिटीले जसरी चार खेलमा शतप्रतिशत नतिजाको सुरुआत लिएका छन्, त्यसले कम्तीमा केही संकेत त पक्कै गर्छ। यिनै दुई टिम, जसले चार खेलबाट अधिकतम १२ अंक बटुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)