एट्लेटिको मड्रिड बन्यो ला लिगा च्याम्पियन
pahilopost.com · Sat May 22 18:02:06 GMT 2021
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो।
खेलको १८ औं मिनेटमा ओस्कार प्लानोको गोलम अग्रता बनाएको भालाडोलिड पहिलो हाफमा एक गोलले अघि रहेको थियो। तर दोस्रो हाफमा पुनरागमन गर्न एट्लेटिको सफल रह्यो। एट्लेटिकोका एन्जेल कोरेराले ५७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ६७ औं मिनेटमा लुइस स्वारेजले गोल थप्दा एट्लेटिको मड्रिडले जित आफ्नो पक्षमा पार्यो। सन् २०१३/१४ पछि एट्लेटिकोले पहिलो पटक ला लिगा च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)