अब आमालाई ६ महिना, बाबुलाई ४२ दिन बिदा दिने तयारी
kalakarmi.com · Wed Sep 16 04:22:13 GMT 2026

काठमाडौं- बच्चा जन्मिएपछि आमाबाबुले नवजात शिशुको हेरचाहका लागि पाउने बिदाको अवधि बढाउने तयारी सरकारले गरेको छ । सरकारले हाल आमाले पाउँदै आएको ९० दिनको सुत्केरी बिदालाई बढाएर ६ महिना पुर्याउने र बाबुको बिदा १५ दिनबाट बढाएर ४२ दिन पुर्याउने प्रस्ताव अघि सारेको हो ।
यससम्बन्धी व्यवस्था गर्न सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार विधेयकलाई अब मन्त्रिपरिषद्बाट अघि बढाएर संसद्मा पेस गर्ने तयारी भइरहेको छ । प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा दिने व्यवस्था राखिएको छ । त्यस्तै, बाबुलाई पनि बच्चाको जन्मपछि परिवार र नवजात शिशुको स्याहारका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)