प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ
nagariknews.nagariknetwork.com · Wed Jun 24 05:05:44 GMT 2026

प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले जारी गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले निर्धारण गरेका १२ उद्देश्यको दोस्रो बँुदामा ‘राष्ट्र र राष्ट्रियताको निर्माणमा सहयोगी लोकतान्त्रिक मूल्य, मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, नैतिकवान तथा सांस्कृतिक सभ्यताबोध भएका, चरित्रवान, नेतृत्वदायी एवं जिम्मेवार नागरिक तयार गर्ने’ समावेश गरिएको छ।
साथै ‘रचनात्मक तथा समालोचनात्मक चिन्तन गर्ने, जीवनोपयोगी सीप भएका साक्षर र नैतिक सचेतना निपूण र नेपाली मौलिक कला, संस्कृति, सौन्दर्य, आदर्श तथा विशिष्टताहरूको संरक्षण, सम्बर्द्धन र विकासतर्फ अभिमुखीकृत भएको नेपालको इतिहास, संस्कृति, सभ्यता एवं मानव र जीवनोपयोगी मौलिक ज्ञान भएका नागरिक तयार गर्ने’ पनि प्रारूपको उद्देश्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)