लुम्बिनीमा बजेटबारे असन्तुष्टि, सत्तारूढ सांसदले नै मागे मन्त्रीको राजीनामा
setopati.com · Wed Jun 24 05:11:37 GMT 2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका छन्।
बजेट वितरणमा व्यापक विभेद गरिएको, मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै योजना केन्द्रित गरेको तथा सांसदहरूले सिफारिस गरेका योजनालाई बेवास्ता गरिएको आरोप लगाउँदै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले मंगलबार प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्। विरोधका कारण बैठक सुरु भएको १६ मिनेटमै स्थगित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)