फेलिक्स र क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको प्रशिक्षक मार्टिनेजद्वारा प्रशंसा
barnanmedia.com · Wed Jun 24 05:08:14 GMT 2026
पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज (Roberto Martínez) ले फिफा विश्वकप २०२६ को समूह 'के' अन्तर्गत उज्वेकिस्तानविरुद्धको खेलमा जोआओ फेलिक्स (João Félix) र क्रिस्टियानो रोनाल्डो (Cristiano Ronaldo) को प्रदर्शनको उच्च प्रशंसा गर्नुभएको छ । ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
पहिलो खेलमा डिआर कंगो (DR Congo) सँग १–१ को बराबरीमा रोकिएपछि आलोचकहरूको निसानामा परेका ४१ वर्षीय कप्तान रोनाल्डोले खेलको छैटौं र ३९ औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै कडा जवाफ दिएका छन् । यससँगै रोनाल्डो छ वटा फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेर इतिहास रचेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)