मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य तोलामा ३६ सयले घट्यो

baahrakhari.com · Wed Jun 24 05:15:27 GMT 2026

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार (असार १०) सुनको मूल्य तोलामा ३६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#कारोबार

#सुन

#चाँदी

#नेपाल सुनचाँदी व्यवसायी महासंघ

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय