नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्वारा समुद्घाटन
ajakoartha.com · Wed Jun 24 05:17:00 GMT 2026

काठमाडौं- माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवनको एक भव्य कार्यक्रम मार्फत् समुद्घाटन गरेका छन् ।
नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति माननीय अर्थमन्त्रीले खुशी प्रकट गरेका छन् । सो उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्देै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)