सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा
aarthiknews.com

सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहितको टोली स्थल मार्ग हुँदै चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो ।
पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफलमा सहभागी हुन नेपाली टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले जानकारी दिए । उनका अनुसार चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ । अन्य हिमाली जिल्लाका स्थानीय तहका प्रमुख समेत बैठकमा सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)