आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अभिनेत्री थापा
gorkhapatraonline.com · Sun May 31 09:54:17 GMT 2026

अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित हुनुभएको छ । अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यावसायिक सम्झौता भएको हो ।
नायिका थापा र मेदान्त आयुर्वेद अस्पतालका सञ्चालक डा. सुवर्ण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । यो नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचारप्रसार, प्रवर्द्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनुहुनेछ । सम्झौतापछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री थापाले आयुर्वेद अस्पतालले नागरिकलाई पुर्याउँदै आएको सेवा र उपचार पद्धति अत्यन्तै प्रशंसनीय भएकाले आफू यस संस्थाको ब्रान्ड एम्बास्डर बन्न तयार भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)