मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा जिप दुर्घटना, ४ जना घाइते

ratopati.com · Wed Jun 24 05:28:02 GMT 2026

हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।

घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)