चिकित्सा शिक्षा आयोगको ४ वटै निर्देशक पद रिक्त, नयाँ नियुक्तिका लागि आवेदन माग
swasthyakhabar.com · Tue Nov 21 01:28:43 GMT 2023
काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त भएको छ। आयोगमा ४ वटा निर्देशक रहने व्यवस्था रहेको छ। ४ वटै पद सोमबारबाट रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको हो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)