आमालाई ६ महिना र बाबुलाई ४२ दिन सुत्केरी बिदा दिने तयारी
arthasansar.com · Wed Sep 16 04:36:06 GMT 2026

सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ । आमालाई ६ महिना र बाबुलाई ४२ दिन पुर्याउन लागिएको हो । अहिले आमालाई ९० दिन र बाबुलाई १५ दिन बिदा दिइदै आइएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौत्तमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारीमा मन्त्रालय छ । उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)