साकेला गाउँपालिकामा बाँसकला उद्योग स्थापना
ekantipur.com · Thu Nov 13 17:40:45 GMT 2025

खोटाङ — साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमअन्तर्गत गाउँपालिका प्रमुख रविप्रकाश राईले यसको औपचारिक उद्घाटन गरेका हुन् ।
स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सिर्जना गरी आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले उद्योग सुरु गरिएको हो । ‘लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्न उद्योग स्थापना गरेका छौं,’ पालिका प्रमुख राईले भने, ‘बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पुर्याउने छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)