डेमोक्रेसीको आवरणमा जेरेन्टोक्रेसी
rajdhanidaily.com · Tue Jul 11 23:31:26 GMT 2023
वृद्घहरूले चलाउने शासन व्यवस्थालाई जेरेन्टोक्रेसी भनिन्छ । जेरेन्टोक्रेसीलाई अर्को शब्दमा वृद्घराज पनि भन्ने गरिन्छ । नेपालको राजनीतिमा ७० देखि ८० को दशकमा जीवनको यात्रा गरिरहेका दलका शीर्ष नेताहरूले आआप्mना दलमा पकड जमाइरहेका छन् । यिनीहरूले नयाँ पुस्ताका युवा नेताहरूलाई सक्षम नै भए तापनि शीर्ष पदहरू हस्तान्तरण गर्न चाहँदैनन् । दलका अध्यक्ष, सभापति वा संसदीय दलको नेतालगायतमा शीर्षहरूकै हालीमुहाली छ । यति मात्र होइन, आधा दर्जन नेतागणको निर्णयका आधारमा देश चलिरहेको छ । सांसदको टिकट वितरण गर्नेदेखि लिएर संवैधानिक निकायका प्रमुखहरू, राजदूतहरू, विश्वविद्यालयका भीसी, रिडर, डिन, उपकुलपतिलगायतका उच्च पदमा राजनीतिक दलका शीर्षको तजबिजले काम गरेको छ । फलत राइट म्यान इन राइट प्लेस हुन सकेको छैन । मेरिटोक्रेसी छायामा परेको छ ।
त्यसो त देशका ठूला दलका नेतृत्वगणले प्रजातन्त्रका लागि लामो संघर्ष गरेका छन् । जेल, नेल, कष्ट, युद्घ आदि इत्यादिमा ठूलो त्याग र बलिदान दिएका छन् । यो अग्रज पुस्ताको नेतृत्वलाई निर्मम तरिकाले आलोचना मात्र गर्नु वा अवमूल्यन गर्नु राजनीतिक इतिहासलाई सही मूल्यांकन गर्न नसक्नु ठहरिन्छ । तथापि, यो पुस्ताबाट देशले निकास पाउन नसकेको सबैको अगाडि छर्लंग छ । विधिको शासनमा देश चल्न सकेन । केवल राजनीतिक व्यवस्था परिवर्तन गर्नु मात्र जानताको चाहना थिएन । एक थान नयाँ संविधानको किताब मात्र नेपाली जनताको माग थिएन । नेपाली समाजले यो अनुभवी पुस्ताको नेतृत्वमा विकास र समृद्घि चाहेको थियो । तर, दलका उच्च तहका नेतागणले जनचाहना बेवास्ता गरी मन चाहनामा रमाउन पुगे । प्रजातन्त्र आमजनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात भनेझैं भयो । जनताको अवस्थामा सुधार हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)