मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा सात देश विश्वकपको नकआउट चरणमा

nepalnews.com · Wed Jun 24 05:32:44 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय अमेरिका र मेक्सिकोसहित ७ टोलीले दोस्रो चरण अर्थात् अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।

समूह चरणका खेल रोमाञ्चक मोडमा पुग्दा युरोपेली र दक्षिण अमेरिकी पावरहाउसले नकआउट चरणको यात्रा तय गरेका हुन्।यसपटक अन्तिम ३२ मा स्थान पक्का गर्ने टोलीमा दक्षिण अमेरिकाबाट उपाधि दावेदार अर्जेन्टिना र कोलम्बिया रहेका छन्। त्यस्तै युरोपेली क्षेत्रबाट बलिया टोली जर्मनी, फ्रान्स र नर्वेले पनि सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणको टिकट काटेका हुन्।

घरेलु मैदान र समर्थकको भरपूर फाइदा उठाउँदै उत्तर अमेरिकी महादेशका आयोजक राष्ट्र अमेरिका र मेक्सिकोले पनि समूह चरण पार गरेका छन्। ४८ टोली सहभागी यस विश्वकपमा बाँकी टोलीका लागि पनि अन्तिम ३२ को दौड निकै प्रतिस्पर्धात्मक बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय