विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…
nepalnews.com · Wed Sep 16 04:42:29 GMT 2026

काठमाडौँ। विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा मैलुङका गणेश नेपालीले प्रस्तुत गरेका छन् । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीबाट अकल्पनीय रूपमा जोगिनुभएका नेपाली आफूलाई जोखिम मोलेर अहिले त्रिशूली नदीमाथि बनेको अस्थायी तुइनमा डोरी तान्ने काममा स्वयंसेवकका रूपमा तल्लीन छन्।
विदुर नगरपालिका–९ स्थित सिमुटार–कोलनी जोड्ने तुइनमा उनले नेपाल रेडक्रसको स्वयंसेवक भएर बाढी प्रभावितसहित अत्यावश्यकीय सामग्रीलाई तुइनमार्फत वारिपारि गर्न सहजीकरण गरिरहेका छन् । उनले भने, “बाढीमा परेर घाइते हुनुभएका दाजु काठमाडौँस्थित वीर अस्पतालको ट्रममा उपचाररत हुनुहुन्छ । भेट्न जान पनि पाएको छैन । बाढी प्रभावितको पीडा देखेर मनले मानेन । यहाँ आएर तुइन जडान गर्न स्वयंसेवक भएर सुरक्षाकर्मीलाई साथ र सहयोग गरेँ । तुइन जडान भएपछि डोरी तान्ने काममा स्वयंसेवक गरिराखेको १२ दिन बितिसक्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)