पुर्ख्यौली सिपमा भविष्य खोज्दै रविन
gorkhapatraonline.com · Wed Sep 16 04:40:14 GMT 2026

वैदेशिक रोजगारीका क्रममा कुवेतमा गम्भीर दुर्घटनामा परेर खुट्टामा स्टिल राखी स्वदेश फर्किनुभएका धवलागिरि गाउँपालिका–६, मराङका रविन विक अहिले पुर्ख्यौली सिपलाई व्यवसायमा रूपान्तरण गर्दै भविष्य खोजिरहनुभएको छ । पुर्ख्यौली सिपबाट उहाँ अहिले आत्मनिर्भरसमेत बन्नुभएको छ ।
बेनी नगरपालिका–७, मङ्गलाघाटमा सानो अस्थायी छाप्रोबाट काठका ठेकी तथा विभिन्न कलात्मक सामग्री उत्पादन गर्दै आउनुभएका विक विदेशको दुःखभन्दा आफ्नै माटोमा पुर्खाबाट सिकेको सिपलाई निरन्तरता दिनुमा सन्तुष्टि मिलेको बताउनुहुन्छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेको तीन महिनामै दुर्घटना परेपछि स्वदेश फर्किनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीका लागि कुवेत पुगेको तीन महिनामै दुर्घटनामा परेँ । नौ महिनामा खुङ्टामा स्टिल राखेर घर फर्किएँ । घर फर्किएपछि पुर्खाको पेसालाई अँगालेको छु । आफ्नो माटोमा परिश्रम गर्न पाउँदा गौरव लागेको छ ।” मङ्गलाघाटमा जग्गा भाडामा लिएर उहाँले अहिले उद्योग सञ्चालन गर्नुभएको छ । कुवेतमा दुर्घटनामा परेर खुट्टामा राखेको स्टिल अझै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)