म्याग्दीमा केही दिनअघि बेपत्ता पर्यटक मृत फेला
ratopati.com · Mon Dec 01 17:01:00 GMT 2025

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी एक विदेशी पर्यटकको शव फेला परेको छ । यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका–५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उनको शव भेटिएको हो । पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले आज शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)