झापामा जङ्गली हात्ती मृत फेला
nepalnews.com · Wed Sep 16 04:47:12 GMT 2026

झापा। मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जङ्गली हात्ती आज बिहान मृत फेला परेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिनुभयो । स्थानीयवासीले धानखेतमा बयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए । हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)