रेशम चौधरीविरुद्ध रञ्जिताले रोजिन् कानुनी बाटो
kendrabindu.com · Wed Sep 16 04:46:13 GMT 2026

धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफ्नो छोरा, अधिकार र आत्मसम्मानका लागि कानुनी प्रक्रियामा अघि बढेको स्पष्ट पारेकी हुन् ।
लामो समय मौन बसे पनि अब आफूले कानुनी बाटो रोजेको उनले बताएकी छन् ।‘लामो समयको मौनतापछि मैले कानुनी बाटो रोजेकी छु, यो प्रतिशोध होइन, कसैलाई अपमान गर्ने अभियान पनि होइन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । आफूले भोगेको विषयलाई प्रमाणसहित सम्बन्धित निकायसमक्ष राख्नु आफ्नो अधिकार भएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)