मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य

kendrabindu.com · Wed Jun 24 05:34:18 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मोल रु चार हजार ४८५ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र एक तोला चाँदी रु चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय