मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

nepallive.com · Wed Jun 24 05:40:54 GMT 2026

काठमाडौँ– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा तीन हजार ६०० रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०५ रुपैयाँले घटेर चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार चाँदी तोलामा चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३

११:२५

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय