मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह

setopati.com · Wed Jun 24 05:45:45 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह काठमाडौंतर्फ प्रस्थान गरेका छन्।

चितवनको भरतपुरस्थित विमानस्थलबाट प्रधानमन्त्री शाह उनका परिवारका सदस्यहरूसहित आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

चितवनको भरतपुरमा रास्वपा महाधिवेशन जारी छ। पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्य पदका लागि चुनाव गर्न लागिएकोमा सभापति पदमा रवि लामिछाने निर्विरोध भइसकेका छन्।

केन्द्रीय सदस्यहरूमा भने ९९ पदका लागि करिब ४ सय जनाले उम्मेदवारी दिएका छन् र आज दिउँसो विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी छ। केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ।

रास्वपा महाधिवेशन नसकिँदै प्रधानमन्त्री शाह भने काठमाडौं फर्किएका हुन्।

प्रधानमन्त्री शाहले भरतपुर विमानस्थलमा भीआइपी कक्षको प्रयोग गरेका थिएनन्। प्रधानमन्त्री शाहसँगै श्रीमती र छोरी तथा उनका राजनीतिक सल्लाहकार कुमार बेनलगायत पनि छन्।

रास्वपाले असार ७ देखि ९ गतेसम्म महाधिवेशन मिति तय गरेको थियो। प्रतिनिधि टुंग्याउनेलगायत कारण महाधिवेशन केही दिन चल्ने भएको छ।

तस्बिरहरू-

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय