मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज पनि सुनचाँदीको मूल्य घट्यो

himalpress.com · Wed Jun 24 05:44:52 GMT 2026

काठमाडौँ- बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४८५ निर्धारण भएको छ।

हिजो मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र एक तोला चाँदी रु चार हजार ५९० मा खरिदबिक्री भएको थियो।

त्यसैगरी, गत सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७३० मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय