चीनको झुच्ये–२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो
emountaintv.com · Wed Sep 16 04:55:06 GMT 2026

चीनले मंगलवार झुच्ये–२ई वाई७ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट स्थानीय समयअनुसार दिउँसो २ः२६ बजे रकेट प्रक्षेपण गरिएको थियो । रकेटले मेगा–कन्स्टेलेसन (ठूलो उपग्रह समूह) निर्माणका लागि प्रयोग हुने १० वटा नेटवर्किङ उपग्रहलाई निर्धारित कक्षामा सफलतापूर्वक पु¥याएको छ । उक्त उडान परीक्षण मिसनलाई पूर्ण रूपमा सफल घोषित गरिएको छ ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)