विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
ratopati.com · Wed Jun 24 05:49:33 GMT 2026

काठमाडौँ । सडक पेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबर्जस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । केही दिनयता राजधानीको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गर्दै आएका हुन् ।
‘घाम, पानी, धुलो, धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक पेटी छोड्दैनौँ’ उनीहरूले भनेका छन् । सडक पेटी, मठमन्दिर र चोकहरूमा बसेर जीविकोपार्जन गर्न समेत नदिई नगर प्रहरीले दमन र धरपकड गरेपछि आन्दोलन सुरु गर्न बाध्य हुनु परेको उनीहरुकाे आराेप छ । तस्बिर : फोटो लाइब्रेरी
हेर्नुहोस् तस्बिरहरू :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)