‘हिमालय बचाऔँ’ अभियानमा विज्ञहरूको जोड
nagariknews.nagariknetwork.com · Wed Sep 16 04:51:53 GMT 2026

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ। साथै पूर्वाधार विकासका विद्यमान डिजाइन मापदण्डको पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरूले जोड छ।
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा ‘हिमालय बचाऔँ’ विषयक अन्तरक्रिया कार्यक्रममा हिमालको बदलिँदो अवस्था, हिमतालको विस्तार, हिउँको आवरणमा आएको कमी तथा भविष्यमा आउन सक्ने ठूला विपद्को जोखिमबारे विज्ञहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका पूर्वनिर्देशक बसन्त श्रेष्ठले हिमाली क्षेत्रमा देखिएका पछिल्ला परिवर्तनबारे प्रस्तुति दिंदै हिमाली पहाडहरू क्रमशः कमजोर बन्दै गएको, पर्माफ्रस्ट अर्थात् स्थायी रूपमा जमेको भू-भाग पग्लिँदै गएको, बाढीका कारण पहाडका फेदीमा हुने कटानले पहाड तथा हिमालको भिरालोपन बढ्दै गएको र हिमतालको आकार विस्तार भइरहेको तथ्य प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)