मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्वजनिक ऋण अझ थपे हुन्छ : अर्थमन्त्री वाग्ले

nepalnews.com · Sun May 31 10:24:53 GMT 2026

काठमाडौं । २१ खर्बको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनमा सरकारले लिएको सार्वजनिक ऋण परिचालनको नीतिमा कुनै परिवर्तन नभएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तर्क गरेका छन् ।

आइतबार सञ्चारकर्मीहरूसँग छलफलमा जुटेका वाग्लेले अहिले पनि सार्वजनिक ऋणको लक्ष्य कुल ग्रार्हथ्य उत्पादन (जीडीपी) को तुलनामा ४२–४३ प्रतिशत हाराहारी नै रहेको बताए ।

‘जीडीपीको तुलनामा बजेटको आकार अझ घटेको अवस्था छ । सार्वजनिक ऋण पनि थपिएको थपिएको छ भनिएको छ, तर त्यसो होइन । जीडीपीको ४२–४३ प्रतिशतकै हाराहारीमा छ, जुन यसअघिकै रेसियो हो’ वाग्लेले भने, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको दीगोपना न्यून चापमा छ भनेको छ । आशय अझ थपेर लिए हुन्छ भन्ने हो ।’

ऋण लिएर बाख्राको खोर बनाउनु भएन, तर आर्थिक विकास गर्ने कुरामा लगानी गर्‍यो भने यो ठीक छ भनेर आईएमएफले नै भनेको उनले तर्क गरे । कम आय भएका मुलुकहरूमा सार्वजनिक ऋण जीडीपीको तुलनामा ५० प्रतिशतसम्म गए पनि हुन्छ भनिएको उनले तर्क गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)