युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
ratopati.com · Wed Jul 15 15:38:30 GMT 2026

बेरुत । लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल–जेनले बुधबार बताएका छन् । सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका कारण सात हजार हेक्टरभन्दा बढी वन तथा जङ्गल क्षेत्र नष्ट भएको उनले जानकारी दिए ।
लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार मन्त्री अल–जेनले इजरायली आक्रमणलाई ‘वातावरणीय अपराध’को सङ्ज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको बताए । युद्धबाट भएको प्रत्यक्ष आर्थिक क्षति ११ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)