डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
ratopati.com · Wed Jun 24 06:02:17 GMT 2026

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट रु चार लाख ७५ हजार ५८१, अन्य प्रशासनिक सेवाशुल्कबापत रु नौ हजार १७५ र अन्य आयमार्फत रु ५९ लाख ६३ हजार १५० राजस्व सङ्कलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिए । कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)