कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
ratopati.com · Wed Jun 24 05:59:17 GMT 2026

काठमाडाैँ । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जनाएको छ ।
डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामीहरू उपचार प्राप्त गरिरहेको भने ११५ जना निको भएको देखाएको छ । कङ्गोका अधिकारीहरूले ४४ जना व्यक्तीको संकास्पद मृत्यु सहित १३१ वटा सङ्काशपद घटनाहरूको पनि रिपोर्ट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)