मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुश्माका बैंकमा आलोपालो

abhiyandaily.com

पर्वत (अस) । कुश्मामा रहेका बैंक तथा वित्तीय संस्थामा भीड भएको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागि मापदण्ड तोक्नुका साथै आलोपालो प्रणाली लागू गरेको छ । निषेधाज्ञा भए पनि आर्थिक कारोबारका लागि सदरमुकाम आउनेहरूको संख्या भने नघटेपछि बैंकिङ कारोबारका लागि निश्चित समय तोकिएको छ ।

जिल्लाका सहकारीलाई घरदैलोमा पुगेर बचत संकलन गर्न रोक लगाउने निर्णय भएको छ भने न्यूनतम कर्मचारी राखेर सोमवार र बिहीवार बिहान १० देखि २ बजेसम्म मात्र कारोबार गर्न प्रशासनले सूचित गरेको छ । यस्तै बैंकहरूलाई पनि आलोपालो गरी बिहान १० देखि २ बजेसम्म मात्रै कारोबार गर्न भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)