गोरखामा हुलाकमार्फत घरमै राहदानी
khabarhub.com · Wed Sep 16 05:16:56 GMT 2026

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका छन् । वैशाख १५ गतेयता जिल्लाभर ५५० जनाले घरमै राहदानी बुझेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । घरमै राहदानी लिन ६०० जनाले फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिइसकेको उनले जानकारी दिए ।
बाँकीको राहदानी आउने क्रममा रहेको उनको भनाइ छ । गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी (पासपोर्ट) पुर्याउने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)