धान खेतमा जंगली हात्ती मृत फेला
annapurnapost.com · Wed Sep 16 05:07:30 GMT 2026

झापा : झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीस्थित पहलेधापमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। बुधबार बिहान साढे ६ बजेतिर स्थानीयको धान खेतमा भाले जंगली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईँले जानकारी दिए ।
हात्ती खेतमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा र वन कार्यालयको संयुक्त टोली घटनास्थलमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)