१५औँ महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस गुल्मी
gorkhapatraonline.com · Wed Sep 16 05:21:11 GMT 2026

नेपाली कांग्रेस गुल्मी १५औँ महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी केन्द्रले तय गरेको कार्यतालिकाअनुसार जिल्लाका विभिन्न तहमा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी थालिएको कांग्रेस गुल्मीले जनाएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने गरी कार्यतालिका तय गरिएको छ ।
जिल्ला कार्यसमितिले मङ्गलबार बीपी स्मृति भवन, तम्घासमा अधिवेशन तयारीसम्बन्धी विशेष बैठक सम्पन्न गरेको छ । बैठकमा क्रियाशील सदस्यताका विषयमा छलफल गरिएको थियो । केन्द्रबाट जिल्लामा खटिनुभएका निर्वाचन अधिकृत ओमप्रकाश पौडेलले निर्वाचन निर्देशिकामा उल्लेख भएका विषयबारे जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)