उदयपुरमा आगलागीबाट तीन घर जल्यो, एक करोड २५ लाख बराबर क्षति
baahrakhari.com · Tue Mar 18 17:19:42 GMT 2025

उदयपुर (गाईघाट) । जिल्लाको चौदण्डीगढी नगरपालिका–७, बेल्टारस्थित कल्याण चोकमा मंगलबार अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिउँसो ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरू भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केपछि आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)