महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन
barnanmedia.com · Wed Jun 24 06:08:28 GMT 2026

प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बिचमै छाडेर बुधबार बिहान काठमाडौँ फर्किएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान गर्ने तयारी भइरहेका बेला बालेन भने चितवनबाट बुद्ध एयर चढेर काठमाडौँ प्रस्थान गरेका हुन्।
चितवनको भरतपुरमा महाधिवेशन उद्घाटन गर्न गत आइतबार (असार ७ गते) पत्नी र छोरीसहित यहाँ आएका उनी मंगलबार रवि लामिछानेलाई सभापति पदमा दोहोर्याउन प्रस्तावक बसेका थिए। सभापति पदमा अरू कसैले उम्मेदवारी नदिएपछि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह