नेपालमा ७१ प्रतिशत मृत्युको कारण दीर्घरोग
ratopati.com · Wed Sep 16 05:27:04 GMT 2026

काठमाडौँ । विश्वभर हुने कुल मृत्युमध्ये करिब ७५ प्रतिशत मानिसको ज्यान मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने दीर्घरोगका कारण जाने गरेको पाइएको छ। ‘विश्व बिरामी सुरक्षा दिवस २०२६’ को अवसरमा स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको विवरण अनुसार विश्वव्यापी रूपमा नसर्ने रोगहरू मृत्युको प्रमुख कारण बनिरहेका छन्। नेपालमा पनि यो अवस्था भयावह देखिन्छ, जहाँ कुल मृत्युको ७१ प्रतिशतभन्दा बढी हिस्सा नसर्ने दीर्घरोगकै कारण हुने गरेको विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विभागका अनुसार अल्पायुमै अर्थात् ७० वर्ष उमेर नपुग्दै हुने मृत्युमध्ये ८२ प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका विकासोन्मुख देशहरूमा हुने गरेको तथ्याङ्क छ। पछिल्लो समय मानिसहरूको बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मानसिक तनाव, बढ्दो अनियन्त्रित सहरीकरण र प्रदूषणका साथै सुर्तीजन्य पदार्थ तथा मदिराको अत्यधिक सेवनका कारण यस्ता घातक रोगहरूको जोखिम तीव्र रूपमा बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)