ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते
nepalsamaya.com · Wed Sep 16 05:28:42 GMT 2026

सप्तरी- सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार सडकपेटीमा रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन्। दुर्घटना पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान करिब पौने ६ बजे भएको हो।
प्रहरीका अनुसार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)