मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह
khabarhub.com · Wed Sep 16 05:26:17 GMT 2026

लमजुङ – लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ ।
पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मर्स्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)