बढ्यो सुनचाँदीको मूल्य, बुधबार प्रतितोला कति ?
arthasansar.com · Wed Sep 16 05:27:47 GMT 2026

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला सुन ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)