मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ

nagariknews.nagariknetwork.com · Wed Jun 24 06:18:10 GMT 2026

प्रहरीले सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने चार जनालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा दाहसंस्कार गर्ने सार्वजनिक स्थानमा निर्वस्त्र रहि हो–हल्ला गरेको आरोपमा मंगलबार राती चार जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४४ वर्षीय शुरज मणि मण्डल, रामधुनी नगरपालिका–६, सुनसरी बस्ने २५ वर्षीय कैलाश हुडुङ्गाना, रामप्रसाद राई गाउँपालिका–६, भोजपुर बस्ने १८ वर्षीय मानिस काफ्ले र विराटनगर महानगरपालिका–४ बस्ने ४४ वर्षीय छविलाल घिमिरे रहेका छन्।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)