मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना

rajdhanidaily.com · Wed Jun 24 06:21:16 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ब्रेकफास्टका क्रममा खाएको अम्लेटमा माछाको काँडा भेटिएको चितवनको एक होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ । भरतपुर विमानस्थल अगाडि रहेको होटल लड्र्स बिजनेस कम्प्लेक्स प्रालिमा गृहमन्त्रीले ब्रेकफास्ट गर्ने क्रममा अम्लेटमा माछाको काँडा भेटिएको थियो ।

गृहमन्त्रीको गुनासोपछि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको निरीक्षण गरेको थियो ।

निरीक्षणपछि उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खालका खाद्यान्न प्रयोग तथा सेवा प्रदान गरेको निष्कर्ष निकाल्दै होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको सहायक सिडिओ शर्माले जानकारी दिए । अनुगमनका क्रममा भेटिएका गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

माडीमा जडीबुटी उद्यान बनाईदै

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

वातावरण संरक्षणमा स्थानीय तह उदासीन

गेट हटाएर पार गराइयो ५ वटा ट्रक

राहदानी ठेक्का प्रकरणः महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)