चैते धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ
gorkhapatraonline.com · Wed Jun 24 06:17:41 GMT 2026

गोरखा जिल्लाका किसान यतिबेला चैते धान भित्र्याउने चटारोमा छन्। जिल्लाभर ८२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धान खेती गरिएकाले बेँसी फाँटहरूमा धान काट्ने, सुकाउने र भण्डारण गर्ने काम तीव्र बनेको छ।
जिल्लाका मुख्य फाँटहरूमा किसानहरूले चैते धान खेती गरेका छन्। कृषि विकास कार्यालय गोरखाका सूचना अधिकारी हरि न्यौपानेका अनुसार सिँचाइ सुविधा पुगेका दरौंदी फाँट, चेपे र बुढीगण्डकी नदी आसपासका उर्वर फाँटहरूमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुने भएकाले चैते धान खेती विस्तार हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)