मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीका तीन यातायात कार्यालयबाट ३१ करोडभन्दा बढी राजस्व संकलन

nepalbahas.com · Wed Jun 24 06:11:17 GMT 2026

कर्णालीका तीन यातायात कार्यालयबाट ३१ करोडभन्दा बढी राजस्व संकलन

१० असार, सुर्खेत । कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व संकलन भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा रु २६ करोड ७० लाख १५ हजार ३४४ राजस्व जम्मा गरेको बताए ।

रुकुम–पश्चिमको चौरजहारीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले रु तीन करोड पाँच लाख ६३ हजार ३२१ राजस्व जम्मा गरेको छ भने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले रु एक करोड ४७ लाख ७३ हजार २०५ राजस्व जम्मा गरेको प्रवक्ता सुवेदीले बताए ।

कर्णालीमा यातायातका साधन नै करको मुख्य स्रोत मानिएको छ । कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा सवारीसाधन करले ओगटेको छ ।

सवारीसाधन कर शीर्षकमा मात्रै जेठ मसान्तसम्म रु २४ करोड ९७ लाख बराबर सवारीसाधन कर जम्मा भएको थियो ।

सुर्खेतले रु २१ करोड ५६ लाख ९३ हजार, चौरजहारीले रु दुई करोड ६६ लाख ५१ हजार र जुम्लाले रु ७३ लाख ६५ हजार संकलन गरेका छन् ।

भन्सार/राजस्व

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व संकलन

असार १०, २०८३ बुधबार

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन

असार १०, २०८३ बुधबार

स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि, ११ महिनामा ४३ अर्ब बढी मुल्यका २० लाख ४१ हजार थान भित्रिए

असार ८, २०८३ सोमबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

Tweets by nepalbahas

लोकप्रिय

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

असार ९, २०८३ मंगलबार

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

असार ९, २०८३ मंगलबार

भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

रास्वपाको व्यवहारमाथि शंकर पोखरेलको प्रश्न : ‘जनताको भरोसामाथिको भद्दा मजाक’

असार १०, २०८३ बुधबार

डिभिजन वन कार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व संकलन

असार १०, २०८३ बुधबार

बाली जोगाउन बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशनमा आज ८० वटा विद्युतीय मेसिनबाट मतदान गराइने

असार १०, २०८३ बुधबार

कर्णालीका तीन यातायात कार्यालयबाट ३१ करोडभन्दा बढी राजस्व संकलन

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन जारी रहँदा बालेन शाह काठमाडौं फर्किए

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय