मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो: सतर्कता अपनाउन आग्रह
makalukhabar.com · Wed Sep 16 05:31:23 GMT 2026

लमजुङ । लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ ।
उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)