मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह
canadanepal.com · Wed Sep 16 05:34:56 GMT 2026

लमजुङ - लगातार वर्षा भइरहेकाले मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ। भकुण्डेबेँसीस्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार हाल नदीको जलसतह ८ दशमलव २४ मिटर आसपास पुगेको छ।
जलमापन केन्द्रमा १० मिटरलाई चेतावनी तह निर्धारण गरिएको छ। पछिल्ला दिनमा नदीको बहाव बढ्दा जलसतह पटकपटक चेतावनी तह पार गरेको केन्द्रले जनाएको छ। नदीमा पानीको सतह बढेपछि जानकारी गराउन ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)