युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो
gorkhapatraonline.com · Sun May 31 10:52:28 GMT 2026

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको जापोरिझ्झिया आणविक विद्युत् केन्द्रमा भएको भनिएको ड्रोन आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आणविक सुविधामाथि हुने कुनै पनि आक्रमणलाई ‘आगोसँग खेल्नुजस्तै’ भएको टिप्पणी गर्नुभएको छ ।
एजेन्सीका अनुसार केन्द्रले दिएको जानकारी अनुसार एक ड्रोनले विद्युत् केन्द्रको टर्बाइन भवनमा प्रहार गर्दा भवनको पर्खालमा क्षति पुगेको बताइएको छ । उक्त घटनाबारे एजेन्सीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेको हो । महानिर्देशक ग्रोसीले ‘आणविक केन्द्रभित्र वा त्यसका विरुद्ध कुनै पनि प्रकारको आक्रमण हुनु हुँदैन’ भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)