सर्पदंशका विरामीहरुलाई तत्काल उपचारको प्रवन्ध गर्न माग
kendrabindu.com · Sun May 31 10:53:56 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले देशभर सर्पदंशका कारण बढ्दो मृत्यु दरप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले गर्मी तथा वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढिरहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा धेरै बिरामीको ज्यान जाने गरेको बताए । ‘विषालु सर्पले टोकेपछि पहिलो घण्टालाई सुनौलो घण्टा भनिन्छ, जसमा एक घण्टाभित्र उपचार गर्नसके बिरामीलाई बचाउन सकिन्छ,’ उनले भने, ‘तर अस्पताल समयमै पु-याउन नसक्दा बाटोमै बिरामीको मृत्यु हुने अवस्था छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)